हेटौँडा : लागूऔषध अफिमसहित मकवानपुरको राक्सिराङ गाउँपालिका–१ का २७ वर्षीय सुनिल मोक्तान र भीमफेदी गाउँपालिका–३ का २० वर्षीय हर्क रुम्बा बारा जिल्लाको अमलेखगन्जबाट पक्राउ परेका छन् ।
विशेष सूचनाको आधारमा बुधबार दिउँसो ३ बजेको समयमा ईलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको प्रहरी टोलीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत बारा जिल्लाको जीतपुर–सिमरा उपमहानगरपालिका–२१, अमलेखगन्जस्थित प्रहरी कार्यालय अगाडिको चेक प्वाईन्टबाट सुनिल र हर्कलाई २ किलो ०४१ ग्राम लागूऔषध अफिमसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । सुनिल र हर्क बा प्रदेश ०३–००३ प ३१२६ नम्बरको मोटरसाईकलमा हेटौँडाबाट वीरगन्जतर्फ जाँदै गर्दा प्रहरीले लागूऔषध अफिमसहित पक्राउ गरेको हो ।