मोटरसाइकल र्याली

हेटौंडा: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले हेटौंडामा मोटरसाइकल र्याली गरेको छ । मंगलबार हेटौंडा–५, सानोपोखरास्थित राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरको कार्यालयबाट निकालेको र्यालीले बजार क्षेत्र परिक्रमा गरेको थियोे ।

देशको अवस्था र व्यवस्था बदल्न भन्दै र्याली निकालेको जनाइएको छ । र्यालीमा सहभागीले हाम्रो देश हाम्रो राजा प्राणभन्दा प्यारो छ भन्दै नारा लगाएका थिए । राप्रपा मकवानपुरको उपाध्यक्ष अर्जुनप्रसाद गौतमले देशमा भएको अत्याचार र भ्रष्टाचार विरुद्ध मोटरसाइक र्याली निकालेको जानकारी दिनुभयो ।

पार्टी कार्यालयबाट सुरु भएको मोटरसाइकल र्याली सानोपोखरा, ओमभवन, शीतलमहल चोक, बसपार्क, एसपी कार्यालय र लोकप्रिय चोक हुँदै सीमाचोकमा कोणसभामा परिणत भएको थियो ।