सांकेतिक तस्बिर ।

हेटौंडाः मकवानपुरमा आइतबार १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार ६६ जनामा गरिएको पीसीआर परिक्षणमा ११ जनामा र १ सय ८४ जनामा एन्टिजेन विधिबाट परिक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना पुष्टि हुनेहरुमा हेटौंडा उपमहानगरपालिका १० जना रहेका छन् । यस्तै थाहा नगरपालिकाका र बागमती गाउँपालिकाका १–१ जनामा कोरोना पुष्टि भएका छन् । यो सँगै जिल्लामा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या १५ हजार २ सय ४५ जना पुगेको छ । जिल्लामा हाल १ सय ८८ जना कोरोना संक्रमणका सक्रिय संक्रमितहरु रहेका छन् । जसमध्ये १ सय ८४ जना होम आइसोलेसनमा र ४ जना संस्थागत आइसोलेसनमा उपचारत छन् ।

जिल्लामा यहि अवधिमा १ जना कोरोना संक्रमणबाट मुक्त भएको छ । होम आइसोलसनमा बस्ने १ जना कोरोना संक्रमणबाट मुक्त भएको हो । यो सँगै जिल्लामा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको कुल संख्या १४ हजार ८ सय २ जना पुगेका छन् । यो अवधिमा कोरोना संक्रमणका कारण कसैको पनि ज्यान गएन । हालसम्म जिल्लामा कोरोना संक्रमणका कारण १ सय ६४ जनाले ज्यान गुमाइसकेका छन् ।

जिल्लामा हालसम्म कोभिड–१९ विरुद्धको पहिलो मात्राको खोप १ लाख ४१ हजार १ सय १३ जनाले लगाएका छन् भने १ लाख ४ हजार ६ सय २५ जनाले मात्रा कोभिड–१९ विरुद्धको पुर्ण मात्राको खोप लगाएका छन् ।