हेटौंडाः नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिकाको शनिबार भएको अधिवेशनको निर्वाचनमा निर्वाचित सभापति लगायत अन्य पदाधिकारीहरुलाई प्रमुख जिल्ला निर्वाचन अधिकृत गोपि शर्मा सुवेदीले प्रमाणपत्र प्रदान गर्नुभएको छ ।
कांग्रेस मकवानपुर पार्टी कार्यालयमा नगर कार्यसमितिको आयोजनामा भएको कार्यक्रममा नवनिर्वाचित हेटौंडाका सभापति उत्सब इटेनी, उपाध्यक्ष रामकृष्ण कोइराला, डोल्मा स्याङबो, सचिवमा सविन न्यौपाने, हर्करत्न लामा, सहसचिवमा विकास बानियाँ र निगम श्रेष्ठलाई आइतबार प्रमाणपत्र प्रदान गरिएको हो । कार्यक्रममा कांग्रेस मकवानपुरका कार्यबाहक सभापति विष्णु लामिछाने लगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।