हेटौंडाः कांग्रेस निकट नेपाल तरुणदल मकवानुरले हेटौंडा अस्पताललाई सहयोग गरेको छ । हेटौंडा अस्पताललाई पिपिई २५ थान, सर्जिकल मास्क एक हजार थान सहयोग गरेको हो ।
बिहीबार अस्पतालका अध्यक्ष राजेश प्रसाईलाई अस्पताल परिसरमा सहयोग गरिएको अस्पताल व्यवस्थापन समितिका सदस्य उत्सब चौलागाईले जानकारी दिनुभयो । अस्पतलामा दैनिक सहयोगहरु प्राप्त भइरहेको उहाँले बताउनुभयो ।