हेटौंडाः हेटौंडा अस्पताललाई ५० थान अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको छ ।

शुक्रबार अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाईलाई भरेको ५० थान अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको युवा संघ मकवापनुरका कृष्ण लामिछानेले जानकारी दिनुभयो ।

युवा संघ मकवानपुर र अनेरास्ववीयुको पहलमा अक्सिजन सिलिन्डर उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो ।