भूमिकाः प्राचीन कालदेखि नै हामीले कतिपय बोटबिरुवाहरु र जीवजन्तुहरुलाई पवित्र मानेर पुजा गर्दै आएका छौँ । यो कुनै पुरानपन्थी या असभ्य चलन होइन । यसले सनातन परम्पराको संवेदनशीलता,दुरदृष्टि र सुक्ष्मतालाई झल्काउँछ । जहाँ आधुनिक मनुष्यले प्रकृतिलाई ‘जित्ने’ कोशिस गर्छ, त्यहिँ हाम्रा पूर्खाहरुले प्रकृतिमातालाई ‘पूजा’ गर्दथे ।
किन हामीले रुखहरुलाई पवित्र मान्दछौँ ? ईश्वरतत्व जुन हामीहरुको भित्र जीवनको रुपमा विद्यमान छ, सबै जीवतन्तु,प्राणी र वनस्पतिहरुमा पनि व्याप्त छ । यसैले सबैलाई पवित्र मानिन्छ । यस पृथ्वीग्रहमा हाम्रो जीवन बोटबिरुवाको माथि निर्भर गर्दछ । यहाँ हाम्रो बाँच्नु सम्भव हुनको लागी अत्यावश्यक अमूल्य तत्वहरु- भोजन,प्राणवायु,वस्त्र,आवास र औषधीहरु उनीहरुले नै दिन्छन् ।हाम्रो वातावरणलाई सौन्दर्य प्रदान गर्ने उनी नै हुन् । उनीहरुको अस्तित्व रक्षाको लागी कुनै अपेक्षा बिना त्याग गर्छन उनीहरु । निस्वार्थ सेवाका प्रतिमूर्ति छन् । रुखलाई ढुड्डाले हानेपनि उसले बदलामा फल नै दिन्छ । (‘परोपकाराय फलन्ति वृक्षा’)
वास्तवमा मानवको यस पृथ्वीमा अवतरण हुनुभन्दा अगाडि नै बोटबिरुवा र वृक्षलताहरु अस्तित्वमा छन् । वर्तमानमा पूरै विश्वको वनजंगल र अनेकौ प्रजातिका जीवजन्तुहरु लुप्तप्राय हुने कारागारमा छन् ।मनुष्य उनीहरुको तर्फ कठोर र उदासिन दृष्टिकोण नै कारण हो ।हामीले मात्र त्यसैलाई नै सुरक्षा दिन्छौ ,जुन हाम्रो लागी मूल्यवान हुन्छ । अतः हामीलाई पूर्खाहरुले सिकाएको छ रुखहरुलाई आदर सम्मान गर्नको लागी अनि मात्र उनलाई बचाउँनु बारेमा सोच्न सक्छौ ।
हाम्रा शास्त्रहरु, धर्मग्रन्थहरुले भन्दछ,‘ कुनै पनि कारणवश एउटा रुख ढाल्नु पर्यो भने दशवटा रुख लगाउँनु ।’ हाम्रो खाना,इन्धन,आवासको लागी लाग्ने अत्यावश्यक सामाग्री बाहेक बढी वा अनावश्यक कार्यको लागि वृक्षका भागहरु उपयोग गर्न पाइन्दैन, यस्तो उपदेश ग्रन्थहरुमा छ । वृक्ष काटेपछि लाग्ने विशिष्ट पापबाट बच्नको लागी त्यस वृक्षलाई क्षमायाचना गर्नुपर्दछ । एक ठाउँबाट अर्को ठाउँमा लग्नको लागी पनि एक दिन पूर्व नै त्यस वृक्षलाई प्रार्थना गरेर जानुपर्दछ ।हाम्रा भावना र विचार वृक्षले बुझ्छ । यसको प्रमाण डा. जगदीश चन्द्र बसुको ‘केस्कोग्राफ’ यन्त्रबाट प्रमाणित भएको छ । कतिपय आदिवासी जनजातिलाई रुखको काठको आवश्यकता परेपछि उनीहरु १०-१५ दिन सम्म त्यस रुख नजिक भेला भएर उसलाई प्रत्येक दिन विशिष्ट समय गाली गर्दछन्,रिसाउदछन् । त्यो रुख आफैँ सुकेर मर्छ र पछि उनीहरु त्यसलाई काट्छन् ।
वृक्षको पुजन किन ? सानैमा हामीले कतिपय वृक्षहरुका बलिदान र सेवाका कहानीहरु सुनेका छौँ र हाम्रो कर्तव्य उनीहरुलाई खुवाउने,बचाउँने छ भनी जानको छौँ र हाम्रो कर्तव्य उनीहरुलाई खुवाउँने,बचाउँने छ भनी जानेका छौ । दिव्य आत्माहरु वृक्षको रुपमा यस पृथ्वीलोकमा अवतरीत छन् यस्तो मानेर धेरै जसो आस्तिक व्यक्तिहरुले आफ्नो मनोकामना पूर्तिको लागि र भगवानलाई खुसी पार्नको लागि बोटबिरुवाहरुलाई पूजा अर्चना गर्दछन् । बर,पिपल र तुलसी जस्ता वृक्षहरुलाई आजपनि पुजिन्छ । यसको पछाडि वनस्पतिको औषधी उपयोग र उपकार प्रति कृतज्ञताको भाव भएर संरक्षण गर्ने दायित्व बोध नै हो । तुलसीको अर्थ नै हो ‘ तुलना नास्ति अथैव तुलसी’ । एकपटक प्रयोग गरेर फेरि पूजामा प्रयोग गर्न सकिनेको कारण उ आफूलाई आफै शुद्ध गर्ने खालको छ,मानिन्छ । पुराणमा वर्णित जलन्धर-वृन्दा कहानीमा वृन्दा वा तुलसीलाई सधै पवित्र मानेर भगवान विष्णुलाई चढाउँने,प्रत्येक वर्ष तुलसी विवाह गरिने र कृष्णपत्नि रुकमणीले एउटा तुलसीपत्रद्धारा कृष्णलाई तराजुमा तौलने जस्ता कथाहरु प्रतिकात्मक छन् ।