आश्रमका अध्यक्ष रामजी अधिकारी र महासचिव सुशीला (रुपा) केसीलाई सम्मान गरिँदैको तस्वीर ।

हेटौंडाः हेल्प नेपाल नेटवर्कको २५ औं वार्षिकोत्सवको अवसरमा मानवसेवा आश्रमलाई प्रशंसापत्रले सम्मान गरिएको छ । शनिबार काठमाडौंमा आयोजित वार्षिकोत्सवमा आश्रमका अध्यक्ष रामजी अधिकारी र महासचिव सुशीला (रुपा) केसीलाई सम्मान गरिएको हो ।

मानवसेवा आश्रमले सहयोगापेक्षी सडक आश्रित मानवहरूको उद्दार र संरक्षणमा खेलेको भूमिकाको मूल्यांकन गर्दै कदरपत्रले सम्मानित गरिएको छ । वरिष्ठ नेत्र विशेषज्ञ डा. सन्दुक रुईतले अधिकारी र केसीलाई कदरपत्र प्रदान गर्नुभएको थियो । हेल्प नेपाल नेटवर्कले वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला, समाजसेवी सविता उप्रेतीलगायतलाई पनि सम्मान गरिएको मानवसेवा आश्रमका अभियन्ता होमनाथ पौडेलले जानकारी दिनुभयो । मानवसेवा आश्रमले सडकआश्रित मानवमुक्त अभियान सञ्चालन गर्दै मानवता प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ ।

हाल देशभर एक हजार ८ सय २६ जना मानवसेवा आश्रममा आश्रित छन् । यस्तै, १० हजार ९ सय ५६ जनाको उद्दार, ४ हजार ३ सय ५४ जनाको पारिवारिक पुनर्मिलन र ८ सय ९३ जनाको सामुदायिक पुनस्र्थापना गरिएको छ ।