हेटौँडाः चितवन जिल्लाको रत्ननगर नगरपालिका–२, सब्जि मण्डीमा बस र मोटरसाइकल एक आपसमा ठोकिँदा मोटरसाइकलमा सवार एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–१३, अमिलिया बस्ने २१ वर्षीय सन्जय लामा रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

शुक्रबार पश्चिम सडक खण्डमा बस र मोटरसाइकल एक आपसमा ठोकिँदा मोटरसाइकलमा सवार तिन जना मध्ये लामा गम्भिर घाइते भएका थिए । घाइते लामाको उपचारको क्रममा सोमबार दिउँसो २ बजेको समयमा नेपाल भारत मैत्री अस्पताल काठमाण्डौमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।