सांकेतिक तस्वीर ।

हेटौँडाः बागमती प्रदेशको दुई जिल्लामा पानीमा डुबेर २ बालिकाको मृत्यु भएको छ । प्रदेशको रामेछाप र नुवाकोट जिल्लामा सोमबार पानीमा डुबेर २ वर्षीया र ५ वर्षीया बालिकाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएक छ । रामेछापको गोकुलगंगा गाउँपालिका–१, चुचुरेमा पोखरीमा डुबेर २ वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा रबिना श्रेष्ठको २ वर्षीया छोरी साईरा श्रेष्ठ रहेको प्रहरीले जानाकारी दिएको छ ।

सोमबार दिउँसो १२ बजेको समयमा श्रेष्ठ घरभन्दा तल रहेको पोखरीमा डुवि रहेको अवस्थामा फेला परेकी थिइन । श्रेष्ठलाई उपचारका लागि शिवालय बजारमा रहेको क्लिनिकमा ल्याईएको बाटाोमा नै मृत्यु भएको भनि डाक्टरले घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

नुवाकोट जिल्लाको बेलकोटगढि नगरपालिका–७, महादेवफांटमा खाल्टोमा जमेको पानिमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका–२१, घर भई हाल महादेवफांटमा रहेको ईट्टा भट्टमा बस्दै आएकी ५ वर्षीया तमन्ना अली रहेको प्रहरीले जानकारी दिएको छ । सोमबार दिउँसो ३ बजेर ३० मिनेटको समयमा बालिका भाँडा माझ्ने जुठेनको अगाडीको खाल्टोमा डुबी रहेको अवस्थामा फेला परेकी थिइन् । बालिकालाई उपचारका लागि जिल्ला अस्पताल त्रिशुली लगिएकोमा उपचारको क्रममा दिउँसो ३ बजेर ५० मिनेटको समयमा डाक्टरले घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।