हेटौँडाः धादिङ जिल्लाको गजुरी गाउँपालिका–२, मलेखुमा एक जना भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत मोतिहारी बस्ने २३ वर्षीय सेराजन अन्सारी रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
सोमबार बेलुका ११ बजेर ५५ मिनेटको समयमा काठमाण्डौबाट विरगञ्जतर्फ जाँदै गरेको बा प्र ०३–००१ ख ३२९७ नम्बरको बसमा अन्सारीलाई एक्कासी मुटु दुखेको थियो । अनसरीलाई उपचारका लागि मलेखुमा रहेको टिचिङ अस्पतालमा उपचारका लागि लगिएकोमा डाक्टरद्वारा मृत्यु घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । अनुसन्धानको क्रममा अन्सारी मुटुको रोगी रहेको बुझिएको प्रहरीले जनाएको छ ।