अमृत लुङबा ।

हेटौँडा : हेटौँडा–१३ स्थित महेन्द्र माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा अमृत लुङबा चयन हुनुभएको छ । बुधबार बसेको महेन्द्र माध्यमिक विद्यालय व्यवस्थापन समितिको बैठकले अमृत लुङ्बालाई व्यवस्थापन समितिको अध्यक्ष चयन गरेको हो ।

लुङ्बा बागमती प्रदेश खेलकुद विकास परिषद्को सदस्य तथा मकवानपुर जिल्ला फुटबल संघको कोषाध्यक्ष समेत हुनुहुन्छ । लुङ्बा सदस्य मनोनित हुनुभएपछि अध्यक्ष चयन हुनुभएको हो । विद्यालयको अभिभावक भेला गत भदौ ३० गते भएको थियो । लामो समयपछि विद्यालय व्यवस्थापन समितिले पूर्णता पाएको हो । १२ कक्षासम्म पठनपाठन हुने विद्यालयमा करिब ९ सय जना विद्यार्थी अध्ययनरत छन् ।