श्री देवराज खरेल यौटा चिनारु सर्जक

साहित्य सेवीहरुका लागि हुन मार्ग दर्शक

साहित्कार भित्रमा उनी अत्यन्त सरल

जीवन बा“च्दै श्रद्धेय कवि बोलीमा मृदुल ।।

प्रखर वक्ता हुनुको साथै कुशल व्यक्तित्व

रचना गर्नु भएको छ है विविध कृतित्व

किताबहरु पढेसी अहा १ उनको गरिमा

पवन सरी फैलिदै गयो नेपाल भरीमा ।।

श्री मातृभूमि साहित्य यौटा उनकै पहल

कदमीद्धारा साहित्य सेवीहरुमा म·ल

निस्कन्छ त्रय मासिक रुप साहित्य पुस्तिका

पठन गर्न सृजनाहरु विविध थरीका ।।

साहित्य कृतिहरुमा उनको रचना सरल

सबै नै प्रति समता भाव हृदय विशाल

वयले नेटो काट्दैछ तर उनमा जा“गर

मनमा दृढ अठोट भए नहुने के छ र १ ।।

हेटौंटा उप नगर भित्र पा“च नं. वडाको

पिप्लेको चोक सचेत टोल उनको घर हो

साहित्यमय भएको छ है १ सरको जीवन

विभिन्न कार्यक्रममा गर्ने रचना बाचन ।।

सचेत टोल संस्थाको बोर्ड पिप्लेको चोकमा

राष्ट्रिय झण्डा मुक्तक पनि त्यसको शिरमा

स्वेदशप्रति उनको माया अत्यन्त प्रवल

यी राष्ट्र प्रेमी खरेल ज्यूको होस् सदा मंगल ।।

माथिका काम लगानी आफ्नै खर्चे र गर्नु भो

अरुको लागि गतिलै स“ग चेतना छर्नु भो

सृजना कर्म उनको धर्म सदैव साधना

सु— स्वास्थ्य साथै दीर्घायु हुनु गर्दछु कामना ।।

                   जनार्दन खनाल