हेटौंडाः हेटौंडा–९, लामसुरेस्थित मानसेवा आश्रमले श्रीमद् भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ गर्ने भएको छ । चैत १७ गतेदेखि २४ गतेसम्म हेटौंडाको मानवसेवा आश्रमले श्रीमद् भागवत सप्ताह महायज्ञ कार्यक्रमको आयोजना गर्ने भएको हो ।
मानवसेवा आश्रमको मुख्य कार्यालयमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै आश्रमका अध्यक्ष रामजी अधिकारीले १० करोडको अक्षयकोष निर्माणका लागि सप्ताह लगाउन लागेको जानकारी दिनुभएको छ । आश्रमको क्षमताको अभिवृद्धि एवम् आर्थिक सहयोग जुटाउने, मानव प्रवर्धनमा टेवा पु¥याउने उद्देश्यले सप्ताह लगाउन लागिएको अध्यक्ष रामजी अधिकारीले बताउनुभयो । सप्ताहको स्थानबारे पछि निर्णय गरिने उहाँले बताउनुभयो ।
आश्रमको क्षमताको विकासका लागि संघ संस्थाहरुसँग सहकार्य गरेर किचेन कोल्डस्टोर सहितको भवन निर्माण गर्न, सहयोगापेक्षी सडक आश्रित मानवमुक्त प्रदेश निर्माण गर्न, आगामी वर्षसम्ममा सडक आश्रित मानवमुक्त राष्ट्र निर्माणको संकल्प पूरा गर्नका लागि महायज्ञ कार्यक्रमको आयोजना गर्न लागिएको उहाँले बताउनुभयो । चैत १७ गते पहिलो दिन हेटौँडा–१० स्थित गोरक्षधामबाट बाजागाजा, साँस्कृतिक झाँकी, शंखनाद, भजनकीर्तनसहित हेटौँडा बजारको परिक्रमा गरेर कार्यक्रमको उद्घाटन गरिने उहाँले बताउनुभयो । चैत १८ गतेदेखि २४ गतेसम्म बिहान ५ बजेदेखि ७ बजेसम्म पतन्जली योग समिति, जीवन विज्ञान, द आर्ट अफ लिभिङ, मोक्षपथ फाउण्डेशन लगायतको संघ, संस्थासँग सहकार्य गरेर स्वास्थ्य शिविर गरिने उहाँले बताउनुभयो ।
युवासँग सकारात्मक सोच, मानवता प्रवर्धन एवम् युवासँग अन्तरिक्रया कार्यक्रम, महायज्ञको अवधीभर निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम, बिहान ११ बजेदेखि ४ बजेसम्म प्रत्येक दिन भावगत भाष्कर कमलनयन गौतम कथा प्रवचन कार्यक्रमको आयोजना गरिने उहाँले बताउनुभयो । मानवसेवा आश्रममा १ सय ४७ जना पुरुष, ६३ जना महिला र २८ जना बालबालिका गरी २ सय ३८ जना आश्रित रहेको उहाँले बताउनुभयो । यसअघि चितवन, लामजुङ, पोखरा, बुटवल, दाङ, सुर्खेर धनगढीमा सप्ताह महायज्ञ लगाइसकेकोमा १० औं महायज्ञ हेटौँडामा गर्न लागेको उहाँले बताउनुभयो ।