अहिलेको युग प्रविधिको युग हो । यो युगमा बच्चादेखि लिएर सबैले प्रविधिको प्रयोग गर्छन् । सामाजिक सञ्जाल पनि हामीले प्रयोग गरिरहेका छौं । विद्यार्थी भविष्यका कर्णधार हुन् । विद्यार्थीलाई उचित शिक्षा दिलाउन सके भविष्यमा उनीहरुले देशको विकासमा ठूलो योगदान पु¥याउन सक्छन् । सामाजिक सञ्जाल भनेको समाज वा विश्वमा नै भएका घटनाको बारेमा खबर दिने प्रविधि हो, माध्यम हो । सामाजिक सञ्जालले विद्यार्थीमाथि निकै प्रभाव छोडेको छ ।
अहिलेको समयमा सामाजिक सञ्जाल नचलाउने व्यक्ति धेरै कम छन् । सामाजिक सञ्जालले मानव जीवन लगायत विद्यार्थी जीवनमा पनि निकै प्रभाव पारेको छ । यस मध्ये सकारात्मक र नकारात्मक दुवै प्रभावहरु पर्दछन् । सकारात्मक प्रभाव मध्ये उनीहरुले राम्रो कुरा सामाजिक सञ्जालबाट प्राप्त गर्छन्, आफूले नजानेको कुराहरु सामाजिक सञ्जालमार्फत थाहा पाइरहेका हुन्छन् ।
त्यति मात्र होइन, उनीहरुले आफूभन्दा टाढा रहेका परिवारको सदस्यसँगै सूचना आदानप्रदान गर्न पाएका छन् । यसले विद्यार्थी जीवनमा ठूलो भूमिका पनि निर्वाह गरेको छ । यसले विद्यार्थीलाई विभिन्न माध्यमबाट ज्ञान पनि प्रदान गरेको छ । जस्तै कोभिड–१९ को समयमा सबै विद्यालय बन्द हुँदा पनि हामीले सामाजिक सञ्जालमार्फत ज्ञान प्राप्त ग¥यौं । यसले विद्यार्थीलाई मनोरञ्जन पनि प्रदान गरिरहेको छ । जस्तै आफूलाई उदाश महसुस गर्दा गीत सुनेर मनलाई मनलाई शान्त पार्ने, विभिन्न खेलहरु खेल्ने आदि । जसले हाम्रो मनलाई फुरुङ्ङ बनाउँदछ । हामीलाई हर्षित बनाउँदछ ।
यसका नकारात्मक असरहरू पनि निकै छन् । जस्तैः मोबाइल चलाएपछि चलाएको चलाएकै गर्ने, मोबाइलमा नचिनेको मानिससँगै बोल्ने, मोबाइलमा ध्यान दिएपछि त्यसैमा मात्र लागीरहने, धेरै प्रकाश परेका कारण आँखा खराब हुने, कानमा पनि धेरै प्रेसर परेका कारण कान पनि राम्रोसँगै नसुन्ने, आफू भन्दा ठूलोले भनेको नमान्ने मोबाइल भएपछि अरू केही पनि छैन जस्तो गर्ने आदि ।
त्यति मात्र होइन धेरै मोबाइल चलाएका कारण टाउको दुख्ने, सामाजिक सञ्जालमा धेरै व्यस्त भएर खाना खान, पानी पिउन बिर्सने, पढाईमा ध्यान नदिने, जे गर्न मन लाग्यो त्यही गर्ने, मोबाइल मार्फत चिनिएको व्यक्तिले धोका दियो भनेर आत्महत्या गर्ने, कक्षामा पनि शिक्षकको कुरा राम्रोसँगै नसुन्ने, पढेको कुरा पनि बिर्सने, समय अनुसार चल्न नजान्ने, एक्लै रमाउन खोज्ने, सम्झाउँदा पनि रिसाउने, मोबाइल बिना खाना नखाने, सामाजिक सञ्जालमा नकारात्मक कुरा हेरी त्यसको नक्कल गर्ने आदि ।
सामाजिक सञ्जालका प्रभावले विद्यार्थीको व्यवहारमा सकारात्मक र नकारात्मक दुवै प्रभाव देखिएको छ । त्यसैले सामाजिक सञ्जाल धेरै भन्दा धेरै होइन उचित मात्रामा प्रयोग गरौं । जसले हामीमा सकारात्मक बानी, व्यहोराको विकास गराउँदछ । सामाजिक सञ्जालले हाम्रो जीवनमा निकै मद्दत पु¥याएको छ त्यसैले यो निकै महत्वपूर्ण र जोखिमपूर्ण पनि छ ।
(मातृभूमि साहित्य समाज मकवानपुरले २०८१ साल जेठ ३१ गते आयोजना गरेको निबन्ध लेखनसम्बन्धी अभिमुखीकरण तथा स्थलगत निबन्ध लेखन प्रतियोगितामा प्रथम हुन सफल निबन्ध ।)