भीमफेदी–सिमखोला सडकखण्ड विस्तार गरिँदै ।

हेटौडाः हेटौंडा देखि भीमफेदी, कुलेखानी, सिस्नेरी हुँदै काठमाडौं जाने बाटो खुलेको छ । आज बिहान देखि अबरुद्ध रहेको उक्त बाटो खुलेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्र बहादुर रानाले अहिले बाटो खुले पनि फेरि पानी परे पहिरो गएर बाटो रोकिन सक्ने बताउनुभयो ।

आज पनि पहिरो पन्छाएर सवारी साधन जान दिइएको उहाँले बताउनुभयो । त्यस्तै हेटौंडाबाट पालुङ हुँदै काठमाडौं जाने बाटो खुल्ला रहेको उहाँले बताउनुभयो । कान्तिलोकपथको बाटो पनि आज बिहान सम्म अबरुद्ध बनेको थियो तर दिउँसोबाट खुल्ने क्रम जारी रहेको उहाँले बताउनुभयो ।