हेटौंडाः मकवानपुर जिल्लामा आज पहिलोपटक ६ जनामा कोरोना पुष्टि भएको छ । मकवानपुरको मनहरीमा आज ६ जनामा कोरोना पुष्टि भएको हो । एक महिला सहित ५ जना पुरुषमा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
भारतबाट आएर मनहरी लामिटारको क्वारेन्टाइमा बसेका मनहरी–४ का ४० र २८ वर्षिय पुरुष, ३० वर्षिय महिला, मनहरी–१ का ३७ र २६ वर्षिय पुरुष र मनहरी–७ का २२ वर्षिय पुरुषमा कोरोना पुष्टि भएको हो । उनीहरुलाई हेटौंडा स्थित आइसोलेसनमा राखेर उपचार गरिने भएको छ ।