रोटरी क्लब अफ हेटौंडाको आयोजनामा भएको रक्तदान कार्यक्रममा रक्तदान गर्दै ।

हेटौंडाः हेटौंडाको बुद्धचोकमा रक्तदान कार्यक्रम भएको छ । आईतबार विहान भएको रक्तदान कार्यक्रममा २३ जनाले रक्तदान गरेका छन् ।

रोटरी क्लब अफ हेटौंडाको आयोजनामा कार्यक्रम भएको रक्तसञ्चार केन्द्र हेटौंडाका प्राविधिक किशोर सापकोटाले जानकारी दिनुभयो । रोटरी क्लब अफ हेटौंडाको १ सय १८ औं वार्षिक उत्सवको अवसरमा सप्ताहव्यापि रक्तदान कार्यक्रम भएको हो । कार्यक्रममा २ जना महिला र २१ जना पुरुषले रक्तदान गरेका हुन । रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोग रहेको थियो । यस्तै सोमबार हेटौंडा–८, मा मनकामन टोल विकास संस्थाको आयोजना रक्तदान कार्यक्रम हुँदैछ ।