हेटौँडाः सडक बालबालिकाको व्यवस्थापनमा सक्रिय मामाघर नेपाल मकवानपुरलाई वैवाहिक वर्षगाँठको अवसरमा नगद सहयोग प्राप्त भएको छ ।
हेटौंडा–११ निवासी विनोद चन्द्र कोईराला र ईन्दु कोईरालाले आफ्नो ५० औं वैवाहिक वर्षगाँठको अवसरमा ९ हजार ९ सय ९९ सय रुपैयाँ सहयोग गर्नुभएको छ । मामाघरमै उपस्थित भई खुशी साटासाट गर्दै बिहीबार सहयोग रकम हस्तान्तरण गर्नुभएको मामाघर नेपाल मकवानपुरले जनाएको छ । कार्यक्रममा हेटौंडा–२ का वडाध्यक्ष विष्णुगोपाल महर्जनको पनि उपस्थिति रहेको थियो ।