सन्दर्भः विश्व पानी दिवस
संजय कुमार न्यौपाने

पृथ्वीको अत्यावश्यक तत्वहरु मध्ये एक पानी हो । पानी जीवनको मुख्य आवश्यकता हो । सबै जीवित प्राणी र बोट बिरुवाहरुको अस्तित्व पानी बिना समाप्त हुन्छ । मानव जीवनका लागि पानीको उपलब्धता जति जरुरी छ, त्यति नै खानेपानीको शुद्धतामा ध्यान दिनु जरुरी छ । किनभने, अनेकन रोगहरुको कारक पनि खानेपानी नै बन्ने गरेको छ । पानीमार्फत् फैलिने रोगका कारण विश्वमा धेरै मानिसको ज्यान जाने गरेको छ । दूषित पानीका कारण अनेक रोगको संक्रमण बढ्ने भएकाले पछिल्लो समय स्वच्छ पानीको अभियान चलाइएका छन् । खानेपानीको स्वच्छताका लागि चालिएका केही कदमहरु स्वागतयोग्य पनि छन् । पानी अस्तित्वको अत्यावश्यक निर्माण खण्ड भएकाले ताजा पानीको महत्व र यस महत्वपूर्ण स्रोतको दिगो व्यवस्थापनका बारेमा जनचेतना जगाउन प्रत्येक वर्ष मार्च २२ लाई विश्व पानी दिवसको रुपमा मनाइन्छ । यस अवसरमा यस वर्षको विश्व पानी दिवसको विषयवस्तु, इतिहास र महत्वलाई हेरौं ।


विश्व पानी दिवस २०२२ को नारा “भूमिगत पानीः अदृश्यलाई दृश्यगत बनाउने” रहेको छ । भूमिगत पानी अदृश्य छ, तर यसको प्रभाव जताततै देखिन्छ । दृष्टि बाहिर, हाम्रो खुट्टा मुनि भूजल एक लुकेको खजाना हो जसले हाम्रो जीवनलाई समृद्ध बनाउँछ । संसारमा लगभग सबै तरल ताजा पानी भूमिगत पानी हो । जलवायु परिवर्तन झन् खराब हुँदै जाँदा जमिनको पानी झन झन् नाजुक हुँदै जान्छ । यस बहुमूल्य स्रोतको दिगो व्यवस्थापन गर्न हामीले मिलेर काम गर्नुपर्छ । जमिनमुनिको पानी नजरबाट बाहिर हुन सक्छ, तर यो दिमाग बाहिर हुनु हुँदैन ।

आधिकारिक रुपमा विश्व पानी दिवसको विचार सन् १९९२ मा रियो दि जेनेरियोमा भएको वातावरण र विकास सम्बन्धी संयुक्त राष्ट्रसंघको महासभाले पारित गरेको प्रस्ताव थियो । त्यसपछि संयुक्त राष्ट्रसंघको महासभाले प्रत्येक बर्ष मार्च २२ लाई यो दिवस मनाउने प्रस्ताव पारित गरेको थियो । सन् १९९३ मा सुरु भएको विश्व पानी दिवसको दिनदेखि पानीको संरक्षण र महत्वलाई बुझाउन सामुदायिक चेतना बढाउनका लागि बार्षिक कार्यक्रमको रुपमा जारी रहेको छ ।

पृथ्वीमा रहेको लगभग ९९ प्रतिशत भू—जलले समाजलाई धेरै फाइदा र अवसरहरु प्रदान गरेको छ । तर विज्ञहरुका अनुसार एन्थ्रोपोजेनिक खतराका कारण ठूलो मात्रामा पानीको कमी र प्रदूषणले अर्बौं मानिसको जीवन र जीविकोपार्जनलाई असर गरिरहेको छ । तसर्थ, बढ्दो अभावको सन्दर्भमा विश्वव्यापी जनसंख्याले घरेलु प्रयोगको लागि पानीको नियमित प्रयोगमा योगदान पु¥याउने समृद्ध भू–जललाई अब उपेक्षा गर्न सकिँदैन ।
यस कारणले गर्दा, प्रत्येक बर्ष विश्व पानी दिवस संयुक्त राष्ट्रसंघीय एजेन्सीहरुद्वारा विश्वव्यापी रूपमा प्रवद्र्धन गर्न प्रवद्र्धनात्मक गतिविधिहरु आयोजना गरेर मानिसहरूलाई प्रोत्साहित गर्न, उनीहरुलाई महत्वपूर्ण पानीस“ग सम्बन्धित समस्याहरुको सम्बोधन गर्न र अन्तर्राष्ट्रिय गतिविधिहरुसँग समन्वय गर्नका लागि प्रोत्साहित गरिन्छ । संयुक्त राष्ट्रसंघको अवधारण अनुसार यस दिवसको मुख्य उद्देश्य सबैका लागि सन् २०३० सम्ममा दिगो विकास लक्ष्य पानी र सरसफाइको उपलब्धिलाई समर्थन गर्नेु रहेको छ ।

खानेपानी व्यवस्थापन बोर्ड ऐन २०६३ को दफा ३ बमोजिम नेपाल सरकारको परिषदको निर्णयबाट २०६४ सालमा हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको गठन भएको थियो । तत्कालिन अवस्थामा हेटौंडा उपमहानगरपालिका र युइआइपी परियोजनासँगको सहयकार्यमा हेटौंडाको नगरक्षेत्र भित्र खानेपानी व्यवस्थापनको लागि डिप बोरि·, पानी भण्डारणस्थल निर्माण र पाइपलाइन विस्तारको कार्य सम्पन्न गर्न सफल भएको बोर्डले नेपाल खानेपानी संस्थान हेटौंडा शाखा विधिवत रुपमा २०७० साल जेठ ८ गतेका दिन हस्तान्तर भई आएको दिनदेखि पूर्ण रुपमा हेटौंडाको मुख्य नगर क्षेत्र भित्र खानेपानीको व्यवस्थापन हालसम्म सम्हाल्दै आइरहेको छ । साविकको कार्यालयबाट नै बोर्डको दैनिक कार्य तथा सेवा प्रवाह संचालन भई रहेको छ ।
हाल बोर्डले हेटौंडा उपमहानगरपालिका अन्तर्गत ८ वटा वडाका सबै भु—भाग र वडा नं। १, १४, १५, १६, १७ र १९ का केही भु—भागहरुमा बसोबास गने करिब १ लाख ४५ हजार नगरबँसीहरुलाई करिब २१,७५० धाराहरु मार्फत् दैनिक १ करोड ८२ लाख लिटर पानी उत्पादन गर्दे सरदर ६ देखि ७ घण्टा वितरण गर्दे आइरहेको छ ।

सन २०३० सम्म सबै लागि पर्याप्त मात्रामा खानेपानी उपलब्ध गराउन बोर्ड योजनाबद्ध ढंगले अघि बढिरहेको छ । बोर्डले बार्षिक रुपमा खानेपानीको स्रोत व्यवस्थापन र पानी भण्डारण क्षमता थप गर्ने र सेवा क्षेत्र विस्तार गर्दै जाने क्रममा हेटौंडा उपमहानगरपालीका भित्र वडा नं। १४ बनेलधापमा रहेको बनेलधाप खानेपानी तथा सरसफाई उपभोक्ता समिति, हेटौंडा–१६, हटियामा रहेको चिसापानी खानेपानी तथा सरसफाई उपभोक्ता समिति र हेटौंडा–१९, बस्तीपुरमा रहेको बस्तीपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिहरु अन्तर्गत रहेको पानीको स्रोत, भण्डारणस्थल, जडान भएका करिब २ हजार धाराहरु यस बोर्डमा हस्तान्तरण भई आएको देखिन्छ ।

बोर्डबाट भिमफेदी–१ सामरीमा सम्मवेल निर्माण गरी दैनिक १३ लाख लिटर पानी थप गरिएको । नेपाल सरकार संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना र हेटौंडा उपमहानगरपालिकासँगको सहलगानीमा करिब १६ करोड लागतमा हेटौंडाको नगर क्षेत्रभित्र ३ वटा भूमिगत पानी टंकी, १ वटा ओभरहेड पानी टंकी, ४ वटा डिप बोरि· र मेन तथा शाखा पाइपलाइन विस्तारको कार्य सम्पन्न गरी हेटौंडाको मुख्य नगर क्षेत्र प्रति दिन २५ देखि ३० लाख लिटर पानी थप गर्न सफल भएको छ ।

जिल्ला समन्वय समिति मकवानपुर, हेटौंडा उपमहानगरपालिका र हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको सहलगानीमा हेटौंडा–१४, बनेलधापमा ३ लाख लिटरको भूमिगत पानीटंकी निर्माण लगायत पाइपलाइन विस्तार कार्य भइरहेको र बागमती प्रदेश सरकार, हेटौंडा उपमहानगरपालिका र हेटौंडा खानेपानी व्यवस्थापन बोर्डबीचको सहलगानीमा नगरका विस्तारित वडाहरुमा खानेपानीको पूर्वाधार निर्माणको कार्यहरु खानेपानी तथा सरसफाई डिभिजन नं। १ कार्यालयबाट संचालन भइरहेको छ ।

हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले बोर्डको सेवा क्षेत्रभन्दा बाहिर नगरका विकट स्थानहरुमा हेटौंडा उपमहानगरपालिकासँगको सहकार्यमा उपभोक्ता समितिहरुबाट संचालित खानेपानी योजनाहरु लगायत खानेपानीबाट बन्चित नगरबासीहरुलाई वडा कार्यालय र हेटौंडा उपमहानगरपालिको सिफारिसपत्रको आधारमा आवश्यकता अनुसारको पाइप उपलब्ध गराउँदै आइरहेको छ ।

बोर्डले हेटौंडा उपमहानगरपालिका वडा नं। १५ को विकट स्थान वंगेरीमा हेटौंडा उपमहानगरपालीकासँगको सहकार्यमा खानेपानीको व्यवस्थापन गरेको थियो भने वडा नं। १५ को विकट स्थान चिप्लेटी र वडा नं। १९ को बासपानीमा खानेपानी व्यवस्थापन गर्नका लागि हेटौंडा उपमहानगरपालिका र विभिन्न संघ संस्थाहरुको संघको सहकार्यमा आवश्यक अध्ययन तथा गृहकार्यलाई अगाडि बढाइरहेको छ भने हेटौंडाको मुख्य नगर क्षेत्रमा खानेपानीको स्रोत व्यवस्थापन, भण्डारण क्षमता वृद्धि, पाइपलाइन सुधार विस्तार इत्यादि कार्यहरु गर्न स्थानीय तह, प्रदेश सरकार र संघिय सरकारसँग आवश्यक गृहकार्य गर्दै आइरहेको छ ।

(लेखक हेटौंडा खानेपानी व्यवस्थापन बोड, हेटौंडा, मकवानपुरका लेखापाल हुन् ।)