फाइल तस्बिर ।

हेटौंडाः मकवानपुरमा पछिल्लो २४ घण्टामा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ सय ३० जनाको पीसीआर परिक्षण गर्दा २९ जनामा र ४२ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिका धेरै छन् । हेटौंडा उपमहानगरपालिकाका २८ जना रहेको छ । यस्तै थाहा नगरपालिकाका २ जनामा, मकवानपुरगढी गाउँपालिकाका २ जनामा, बागमती गाउँपालिकाका १ जनामा र मनहरी गाउँपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या १४ हजार ५ सय ८४ जना पुगेको छ ।

जिल्लामा अहिले १ सय ५७ जना रहेको छ । जसमध्ये १२६ जना होम आइसोलेसनमा र ३१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यसै अवधिमा जिल्लामा ५ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएको छ । योसँगै जिल्लामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १४ हजार २ सय २६ जना पुगेको छ । जिल्लामा कोरोनाका संक्रमणका कारण १ सय ५९ जनाले ज्यान गुमाइसकेको छ ।