हेटौंडाः मकवानपुरमा भाद्र १० गतेसम्म जारी निषेधाज्ञा १० दिनको लागि थप भएको छ । भाद्र २० गते राति १२ बजेसम्म निषेधाज्ञा थप भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जानकारी दिनुभयो ।
यस्तै सवारीमा लागू गरिएको जोर–बिजोर प्रणाली हट्ने भएको छ । बजार बिहान ६ बजे देखि साँझ ६ बजेसम्म खोल्न पाउने उहाँले बताउनुभयो ।