हेटौंडाः नेकपा माओवादी केन्द्रको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ मा आइतबार वडा भेला सम्पन्न भएको छ । सम्पन्न भेलाले वडाको अध्यक्षमा हेम बहाुदर योन्जन र राजकुमार चौलगाईलाई सचिवनमा चयन गरेको छ । यस्तै २७ सदस्यीय वडा कमिटी गठन गरिएको माओवादी मकवानपुरका प्रचार प्रसार विभाग प्रमुख कमान सिं प्राखिनले जानकारी दिनुभयो ।
कमिटिको सदस्यहरुमा सर्मिला बिक, माधव पुडासैनी, सुभद्रा लामिछाने, निरु स्याङ्तान, बिमला न्यौपाने, चन्द्र कुमार सापकोटा, माधव चौँलागाई लगायत चयन भएका हुन् ।
मओवादी पार्टी केन्द्रीय सदस्य तथा मकवानपुुर जिल्ला इन्चार्ज कुमारी मोक्तानको प्रमुख आतिथ्यता भेला भएको थियो । भेलामा माओवादी मकवानपुरको अध्यक्ष प्रेम बहादुर पुलामी, जिल्ला पार्टी सचिवालय सदस्य तथा गढी गाउँपालिका इन्चर्जा आशा नेपाली, जिल्ला सदस्य चन्द्र योन्जन, गढी गाउँपालिका अध्यक्ष राजकुमार खड्का, हेटौंडा उपमहानगरपालिका पार्टी कमिटि सचिवालय सदस्य तारा मोक्तान लगायतको उपस्थिति रहेको थियो ।