सूर्यस्नानका लाभहरुः रोगका कीटाणूहरुको नाश गर्ने अद्भूत क्षमता घाममा छ । विदेशमा सूर्यकिरण चिकित्साको ठूलो परिमाणमा कार्य भइरहेको छ । त्यहाँ यस पङ्तिलाई हिलियोथेरापीको नामबाट चिनिन्छ । यता पनि प्राचीन कालदेखि नै सूर्यकिरणद्वारा रोग उपचार हुँदै आइरहेको छ । हाम्रा ऋषिमुनिहरुले माटो, पानी, हावा र घामबाट प्रत्येक रोगको चिकित्सा गर्नुहुन्थ्यो । प्राचीन ग्रन्थ वेदमा भनिएको छ कि सूर्यले उदाएपछि र अस्ताउँदा पूर्व आफ्ना प्रवल किरणहरुको तेजबाट रोग उत्पन्न गर्ने कीटाणुहरुको नाश गर्छ ।
कहिले र कसरी गर्ने ?
विहान जब सूर्य किरण धेरै तेज हुँदैन त्यसबेला घाम सेवन गर्नाले विशेष लाभ हुन्छ । जबसम्म गर्नुपर्छ जबसम्म शरीरले त्यसलाई सहन गर्न सक्छ । सकेसम्म नाङ्गै शरीर घाममा बस्नुपर्छ कमभन्दा कम वस्त्र शरीरमा रहे भने बढी प्रभाव पर्छ । शरीरको छालामा सूर्य किरण सीधै परेपछि भिटामिन डी सजिलैसित प्राप्त हुन्छ । यदि नाङ्गो शरीरमा चिसो अनुभव हुन्छ भने शरीर माथि मसिनो पातलो कपडा ओढ्नुपर्छ । घामको सेवन बसेर, सुनेर वा टहल्दै गर्न सकिन्छ । जहाँ समुन्द्र वा नदी छ, त्यहाँ स्नान पूर्व वा पछि सूर्य स्नानको आनन्द लिन सकिन्छ । विशेष तीर्थ वा धार्मिक स्थानहरुमा श्रद्धायुक्त स्नानको मेला वा अनुष्ठानको मर्म यो नै हो । गर्मीयामभन्दा जाडोको मौसममा सूर्यस्ना बढि लाभ गर्छ । बढि तेज घामबाट छालामा नराम्रो असर पर्न सक्छ । गर्मीको दिनमा विहान बेलुका नराम्रो असर पर्न सक्छ । गर्मीको दिनमा विहान बेलुका लाभ लिन सकिन्छ । सूर्यका किरणहरु शरीरका प्रत्येक अङ्गमा पर्नुपर्छ । यसैले शरीरको स्थिति परिवर्तन गर्दै घाम सेवन गर्नुपर्छ । ध्यान राख्नुस्, सूर्यतर्फ नाङ्गो आँखाले हेर्नु हुँदैन । यसले आँखामा नोक्सान हुन सक्छ । आँखा बन्द गरेर, कपडा राखेर वा कालो खैरो चस्मा लगाएर बस्नुपर्छ ।
विभिन्न रोगहरुमा सूर्य स्नानः
१) क्षयरोग (टीबी)ः यस रोगका कीटाणुहरु श्वासप्रश्वासद्वारा शरीरमा प्रवेश गर्छन् । यसले शरीरको रोग प्रतिरोध क्षमता कमजोर हुन्छ । शरीरको रक्षा गर्ने कीटाणुहरु क्षयरोगका कीटाणुहरुको सामना गर्नमा असमर्थ भएर रोगले समात्छ । स्वस्थ शरीरलाई रोगाणुहरुले केही बिगार्न सक्दैनन् । क्षयरोगका अन्य कारणहरुमा छन् । ओसिलो हावामा बस्नु, अन्धकारयुक्त घरमा बस्नु, अप्राकृतिक अस्वास्थ्यकर भोजन, धुँवा र धुलो भएको स्थानमा काम गर्नु । क्षयरोग विभिन्न अङ्गहरुको हुन सक्छ । फोक्सो, हड्डी, आन्द्रा इत्यादी । क्षयरोगीलाई प्रतिदिन या एकदिन छोडेर घाम सेवन गराउनुपर्दछ । कतिपय ठूलो र प्राकृतिक चिकित्सा हस्पिटलहरुमा क्षयरोगीहरुलाई सुनाएर सूर्यस्नान गराईन्छ ।
२) रगतको कमी या रक्तदोषमाः रक्तअल्पता (एनीमीया), जण्डिस, पिंडौलामा सूजन, भेरिकोज भेन, आँखा पहेँलो हुने, हातखुट्टामा चिसोपन, अशक्तता, शरीरमा दुखाई, मुटुको धड्कन अनियमित हुनु आदि रोगहरुमा घाम सेवनबाट रक्तको दुषितता हट्छ, रोगप्रतिरोध क्षमता बढ्छ । मांसपेशीहरु मजबुत हुन्छ र हड्डीहरुको कमजोरी ठीक हुन्छ ।
३) रिकेट्रस (हड्डीहरुको कमजोरी)ः सूर्य किरणमा हड्डी मजबुत बनाउने भिटामिन डी प्रशास्त मात्रामा पाईन्छ । सूर्य किराणले हेमोग्लेबिन तत्वको पनि बृद्वि गर्दछ ।
४) चर्म (छाला) रोगमाः छालामा घाउ खटिरा वा अन्य कुनै रोग भएमा सूर्यस्नानले फाइदा गर्छ । तर यसपछि त्यस स्थानमा गीलोपट्टी बाँधनु पर्छ । चर्मरोग ग्रस्त स्थानलाई पातलो हरियो पातलो छोप्नुपर्छ ।
५) टाउको दुखाई र खोकीः घामको ताप लिएपछि टाउकोमा गिलोपट्टी या पानीको पट्टी राख्नुपर्छ । यसले छिट्टो लाभ गर्छ ।
६) जोर्नी दुखाई, गठिया, बाथरोग, सन्धि पात र अन्य बाहिरी वा भित्री घाउ चोटहरुमा सूर्यस्नान र तेल मालिसले लाभ पु¥याउँछ ।
७) हृदय रोगमाः जुनसुकै मुटुरोगमा सूर्यस्नानले राम्रो फाइदा गर्छ ।