नवोदय शिशु सदनमा नाटक मञ्चन गरिँदै ।

हेटौँडा : हेटौँडा उपमहानगरपालिका–४ नम्बर वडा कार्यालयले आयोजना गरेको नाटक प्रतियोगिता सुरु भएको छ । आइतबारबाट सुरु भएको प्रतियोगितामा पहिलो दिन हेटौंडा–५, पिप्लेस्थित ज्ञनोदय बालवाटिका आवासीय माध्यमिक विद्यालयका विद्यार्थीले ‘रग्ताम्य मेरो शरीर’ र हेटौंडा–१८ नम्बर वडा बाल सञ्जालले लागूपदार्थ दुव्र्यसन विरुद्ध सचेतनामूलक नाटक प्रस्तुत गरेका छन् ।

ज्ञानोदय बालवाटिका आवासीय विद्यालयका विद्यार्थीले अहिलेको २१ औं शताब्दीमा पनि महिलामाथि हुने घरेलु हिंसादेखि बलात्कार र विभिन्न लाञ्छनाबाट पीडित हुनुपरेको कथालाई नाटकमार्फत प्रस्तुत गरेका छन् । महिला राष्ट्रपति भए तर देशमा महिलामाथि हुने विभेद र अत्याचार कहिले नरोकिएको नाटकमा दर्शाइएको छ । यसैगरी बाल सञ्जालका बालबालिकाले लागूपदार्थ सेवनले स्वास्थ्यमा पर्ने समस्यासँगै परिवारमा हुने बेमेलबारे नाटक प्रस्तुत गरेका छन् । अहिले युवा समेत लागूपदार्थ दुव्र्यसन फस्दै गएको र त्यसको न्यूनीकरणका लागि प्रहरी, प्रशासनदेखि समाज, परिवार र सामाजिक अभियन्ताको समन्वयकारी भूमिका अपरिहार्य रहेको नाटकमार्फत प्रस्तुत गरेका छन् । हेटौँडा–४, स्थित नवोदय शिशु सदनका विद्यार्थी माझ नाटक देखाइएको थियो ।

हेटौँडा उपमहानगरपालिका–४ नम्बर वडाध्यक्ष नविन सिग्देलले महिला हिंसा, लागूपदार्थ दुव्र्यसनी, बालश्रम र बालविवाह विरुद्ध प्रस्तुत नाटकले मानवीय चेतनाको विकास, कला र संस्कृतिको प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । फागुन २३ गतेसम्म आयोजना हुने प्रतियोगितामा वडाका ६ वटा सामुदायिक विद्यालय, ५ वटा निजी विद्यालय र बाल सञ्जालले सहभागिता जनाउने छन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार पुरस्कार प्रदान गरिनेछ ।