हेटौँडा : मकवानपुरको राक्सिराङ गाउँपालिकामा घाँस काट्न गएकी एक महिला मृत भेटिएकी छिन् । राक्सिराङ गाउँपालिका–६, कोलडाँडाकी ४९ वर्षीय सीतामाया गलान शुक्रबार बिहान ९ बजेको समयमा घाँस काट्न भनी निस्किएकी थिइन् । आइतबार घरदेखि एक किलोमिटर पश्चिमतर्फको सिलिङ्गे सामुदायिक वनमा सीतामाया मृत भेटिएको प्रहरीले जानकारी दिएको छ ।
सिलिङगे सामुदायिक वनको भिरबाट तल खसेर सीतामाया मृत अवस्थामा भेटिएको भनी खबर प्राप्त भएपछि प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।