हेटौंडा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाईलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुहुँदै हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका सदस्य कृष्ण कटुवाल ।

हेटौंडाः हेटौंडा अस्पताललाई स्वास्थ्य सामग्री सहयोग भएको छ । हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको ८ औं स्थापना दिवसको अवसरमा अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरिएको हो ।

हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले शुक्रबार बिहान अस्पताल परिसरमा पुगेर ७० थान पीपीई सेट, ५० लिटर सेनिटाइजर र २ हजार पिस सर्जिकल मास्क सहयोग गरेको हो ।

अस्पतालका संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाईलाई मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो । हेटौंडा खानेपानी बोर्डले आवश्यक परे अझै सहयोग गर्ने बोर्डका अध्यक्ष प्रताप विष्टले जानकारी दिनुभयो ।