सांकेतिक तस्वीर ।

हेटौँडा : दोलखा जिल्लाको जिरी नगरपालिका–१, ल्वासामा एक महिलाको लडेर मृत्युु भएको छ । मृत्यु हुनेमा जिरी नगरपालिका–१ ल्वासाकी ३० वर्षीया फुडोमा शेर्पा रहेको बागमती प्रदेश प्रहरी हेटौँडाले जानकारी दिएको छ ।

बिहीबार आफ्नै घरमा मद्यपान सेवन गरी लडेर शेर्पाको दाहिने आँखा माथि चोट लागेको थियो । उपचारका लागि काठमाडौं लग्दै गर्दा अचानक बाटोमा बेहोस् भई दोलखा जिल्लाको तामाकोसी गाउँपालिका–५, किर्नेटार बजारमा रहेको धुलिखेल शाखा अस्पतालमा लग्दा शेर्पाको मृत्यु भइसकेको अस्पतालको चिकित्सकले घोषणा गरेको प्रहरीले जनाएको छ ।