गुगल तस्विर ।

हेटौंडाः मकवानपुरको कैलाश गाउँपालिका–३, कटुञ्जेमा बञ्चरो प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । आइतबार बिहान ९ बजेर १५ मिनेटको समयमा २९ वर्षीय अञ्जन सापकोटाले आफ्नै बाबु ५० वर्षीय बलराम सापकोटाको बञ्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अविनाश अधिकारीले जानकारी दिनुभएको छ ।

घटनाको जानकारी प्राप्त भए लगत्तै कैलाश गाउँपालिकाको भार्तास्थित प्रहरी चौकीबाट खटिएको प्रहरीले बलराम सापकोटाको हत्या गर्न प्रयोग भएको बञ्चरो र हत्या गर्ने अञ्जन सापकोटालाई पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनास्थलमा ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षकको नेतृत्वको टोली खटिसकेको बताइएको छ । घटनाको कारण बारे जानकारी प्राप्त भइनसकेको प्रहरीले जनाएको छ ।