हेटौंडाः मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचन फेरि सर्ने भएको छ । कोरोना भाइरसको दोस्रो चरणको संक्रमणको लहर बढेसँगै सरकारले भेला, सभा गर्न रोक लगाएकाले यही बैशाख १५ गते वार्षिक साधारणसभा तथा बैशाख १८ गते निर्वाचनको कार्यक्रम तय भए पनि सर्ने भएको हो ।

यसअघि चैत २१ गते साधारणसभा तथा चैत २३ गते निर्वाचनको कार्यक्रम तय गरिएपनि संघले नै निर्वाचन सार्ने निर्णय गरेको थियो । आइतबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा संघका पदाधिकारी, आसन्न निर्वाचनमा उम्मेदवारी दिने तयारी गरेरका व्यवसायीसहित बसेको बैठकले बैशाख १५ गतेका लागि तय गरिएको साधारणसभा तथा बैशाख १८ गतेका लागि तय गरिएको निर्वाचन कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो ।