हेटौंडाः लायन्स क्लबको संयुक्त टोलीले ८० जना विद्यार्थीलाई स्टेशनरी सामग्री सहयोग गरेको छ । लायन्स क्लब अफ हेटौंडा सूर्योदय, लायन्स क्लब अफ हेटौंडा सूर्योदय राइजिङ, लायन्स क्लब अफ सूर्योदय मनहरी र लायन्स क्लब अफ हेटौंडा योङग ग्यालेक्सीले सहयोग गरेका हुन् ।

मनहरी गाउँपालिका–९, ज्यामिरेस्थित बिना कालिका आधारभूत विद्यालयका विद्यार्थीलाई स्टेशनरी सहयोग गरिएको हो । कार्यक्रममा दिपक पौडेलको प्रमूख आतिथ्य रहेको थियो । किसन घिसिङको सभाध्यक्षतामा भएको कार्यक्रममा बर्तौला किराना स्टोर्सका प्रोप्राइटर कृष्ण बर्तौलाले कचौरा ६० थान, गिलास ६० थान र चम्चा ६० थान सहयोग गर्नुभएको छ । कार्यक्रममा गोविन्द बर्तौला, सिताराम अधिकारी र ईश्वर थापा लगायतको उपस्थिति रहेको थियो ।