लागूऔषध चरेश र अफिमसहित पक्राउ परेका भारतीय नागरिकहरु ।

हेटौँडाः मकवानपुर प्रहरीले त्रिभुवन राजपथ सडकखण्ड अन्तर्गत मकवानपुरको थाहा नगरपालिका–११, टिस्टुङ नौखण्डेबाट लागूऔषध चरेश र अफिमसहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको हरियाणा राज्यका २५ वर्षीय कुनाल गोथ्वाल र २० वर्षीय मनिष कुमार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकरी दिएको छ ।

आइतबार बिहान २ बजेको समयमा त्रिभुवन राजपथ सडकखण्डबाट हेटौँडा हुँदै भारततर्फ लागूऔषध तस्करी हुँदै गरेको सूचनाका आधार प्रहरी टोलीले सुरक्षाजाँच गर्दा डिएल ८ सीएक्स १२२४ नम्बरको भारतीय कारबाट लागूऔषध बरामद गरेको हो । प्रहरीले कारबाट लागूऔषध चरेश २१ किलो ४६० ग्राम र अफिम ३ किलो ४७० ग्राम फेला परेको छ । लागूऔषधसहित मनिष र कुनाललाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।