
हेटौंडाः सडक बालबालिका उद्दार, संरक्षण र परिवारमा पुनर्मिलनको कार्य गर्दै आएको मामाघर नेपाल मकवानपुरलाई हेटौंडा औद्योगिक क्षेत्रस्थित यति पोलिकेमका कर्मचारीहरुले फ्रीज सहयोग गरेका छन् ।
उद्योगले पिकनिक गर्न उपलब्ध गराएको २५ हजार रुपैयाँले फ्रिज किनेर मामाघर नेपाललाई सहयोग गरेका हुन् । पिकनिक जानुभन्दा संरक्षणमा रहेका बालबालिकालाई सहयोग गर्नु उपयुक्त लागेकोले सहयोग गरिएको यति पोलिकेमका बिश्वराज श्रेष्ठले बताउनु भयो । स्थानीय दान, चन्दा, उपहार र सहयोगमा सञ्चालित मामाघर नेपालले सहयोगी यति पोलिकेमका कर्मचारीलाई धन्यवाद व्यक्त गरेको छ ।