अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गरिँदै ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले १० वटा वडामा अपाङ्गता भएकाहरुलाई परिचयपत्र वितरण गरेको छ । हालसम्म नगरको १० वटा वडामा ५ सय जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको हेटौंडा उपमहानगरपालिकाको महिला, बालबालिका महाशाखा प्रमुख विष्णुकुमारी लामिछानेले जानकारी दिनुभयो ।

सोमबार हेटौंडा १३ का २३ जना अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गरिएको छ । ९ जना महिला र १४ जना पुरुषलाई परिचयपत्र वितरण गरिएको लामिछानेले बताउनुभयो । हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामा, हेटौंडा १३ का वडा अध्यक्ष मनोज वाइबा, डा. सुजता पन्तलगायतले परिचयपत्र वितरण गर्नुभएको थियो । यस्तै, बुधबार हेटौंडा १७ मा अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गरिनेछ ।