हेटौंडाः मनहरी गाउँपालिकामा जारी तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगितामा ३ नम्बर वडाको टिम फाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको पहिलो सेमीफाइनल खेलमा ४ नम्बर वडालाई ३–० गोलअन्तरले पराजित गर्दै ३ नम्बर वडा फाइनलमा प्रवेश गरेको हो । बिहीबार दोस्रो सेमीफाइनल खेलमा वडा नम्बर २ र ७ बीच प्रतिस्पर्धा हुँदैछ । प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ ।
प्रतियोगितामा मनहरी गाउँपालिकाका ९ वटै वडाका टिमले भाग लिएका छन् । खेलको विजेता हुने टिमले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेता हुने टिमले ५० हजार रुपैयाँ प्राप्त गर्ने मनहरी गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष नवीन सुवेदीले जानकारी दिनुभयो ।