हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडामा महामारी सम्बन्धी न्यूज रिर्पोटिङ र प्रकाशन गर्ने सम्बन्धी २ दिने तालिम सम्पन्न भएको छ । आउटलाइन मिडियाको आयोजनामा भएको तालिममा मकवानपुरका पत्रकारसँगै, बारा, पर्साका पत्रकारहरुको पनि उपस्थिति रहेको थियो । तालिममा आज प्रेस काउन्सिलका पूर्व अध्यक्ष राजन दाहालले महामारीमा पत्रकार आफै बचेर रिपोर्टिङ गर्नुपर्ने बताउनुभयो ।

अनलाइनमार्फत सम्बधोन गर्नुहुँदै उहाँले पत्रकारले पत्रकारितालाई रुचिको विषयमा लिनुपर्ने र पत्रकारितालाई जोगाउनुपर्ने बताउनुभयो । यस्तै तालिममा सहभागि पत्रकारहरुको जिज्ञासाबारे पनि उहाँले प्रष्ट गर्नूभएको थियो । यस्तै तालिममा अन्तराष्ट्रिय पत्रकारले पनि विदेशमा कोरोनाको अवस्थामा भएको रिपोर्टिङको अनुभव सुनाएका थिए । समग्रमा कोरोनापछिको अवस्थामा रिपोर्टिङको विषयलाई कसरी प्रिन्ट मिडियामा, अनलाइन मिडियामा र प्रसारण मिडियामा गुणस्तरीय बनाउन सकिन्छ भनेर छलफल भएको थियो । तालिमको आउटलाइन मिडियाका सदस्य तथा पत्रकार सरोज दाहालले सञ्चालन गर्नुभएको थियो आउटलाइन मिडियाकै सम्झना पौडेलले सहजीकरण गर्नुभएको थियो ।