हेटौंडाः तथ्यांक कार्यालय हेटौंडाले लकडाउनका कारण मकवानपुर र धादिङ जिल्लामा रोकिएको राष्टिूय औद्योगिक सर्वेक्षण २०७६ पुनः सुरु गरेको छ । गत फागुन १२ गतेबाट राष्टूव्यापीरुपमा सञ्चालन भएर कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण प्रभावित बनेको सर्वेक्षण कार्यक्रम पुनः आइतबारबाट सुरु गरिएको हो ।
केन्द्रीय तथ्यांक विभागको स्वीकृत कार्यक्रम अन्तर्गत् तथ्यांक कार्यालय हेटौंडाले आफ्नो कार्यक्षेत्र मकवानपुर र धादिङ जिल्लामा सर्वेक्षणको स्थलगत तथ्यांक संकलन कार्य सुरु गरेको कार्यालय प्रमुख एवम् तथ्यांक अधिकृत राजेश दासले जानकारी दिनुभयो । सर्वेक्षणमा मकवानपुरका ३ सय ४० र धादिङका २ सय १७ वटा प्रतिष्ठानहरु रहेकोमा बन्दाबन्दी अघिसम्म दुबै जिल्लामा गरी जम्मा एक सय ४० वटा प्रतिष्ठानहरुको तथ्यांक संकलन भइसकेकोले अब बाकी प्रतिष्ठानहरुमा तथ्यांक संकलन गरिने उहाँले बताउनुभयो ।
प्रत्येक १० वर्षमा हुने ओद्यौगिक सर्वेक्षणमा राष्टिूय अर्थतन्त्रमा औद्यौगिक क्षेत्रको योगदान, सम्भावना, चुनौती, समस्या, रोजगारीको अवस्थालगायतका विविध पक्ष समेटिने बताइएको छ ।