हेटौंडाः लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान जारी रहेकै बेला मकवानपुरको भीमफेदी गाउँपालिकाले बालविवाह र बालश्रमसम्बन्धी प्रशिक्षण एवम् अन्तरक्रिया गरेको छ । आइतबार भीमफेदी–१, सानुटारस्थित नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संयोजनमा कार्यक्रम भएको हो ।
सहकारीका अध्यक्ष भिम बहादुर लामाको सभाअध्यक्षता तथा भीमफेदी गाउँपालिकाकी उपाध्यक्ष पार्वती रानाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा भीमफेदी गाउँपालिकाको १ नम्बर वडा अध्यक्ष श्यामकुमार बल, जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड मकवानपुरको सञ्चालक समिति सदस्य शर्मिला महतको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा सहकारीका सेयर सदस्यको उपस्थिति रहेको थियो ।