‘दिना, विपिका खाना खान आइजो कति त्यै एउटा खेल खेलेर बसेको साँझ पर्न थालि सक्यो । अहिले तिमीहरु चाँडै खान खाएर सुत्न जा । अहिले तिमीहरुको बुवा आएर सबै खाना घोप्टाउनु हुन्छ ।’ आमाले भन्नुभयो । दिदी र म खाना खाएर सुत्न गयौँ । बुवा जहिल्यै रक्सी खाएर आमालाई पिट्नुहुन्थ्यो । राति हाँसेर केही नभएको मेरी आमा भोलिपल्ट हेर्दा हात खुट्टा भरि सुम्ला उठ्या हुन्थ्यो । त्यही भएर आमाले हामीलाई छिट्टै सुत्न अनुरोध गर्नुहुन्थ्यो । मेरी आमा धेरै मिहिनेती छिन् । मेरी आमा अर्काको घरमा भाडा, कपडा धुन जानुहुन्छ । मेरी आमा खेतमा पनि काम गर्नुहुन्छ । मेरी आमा जहिल्यै भन्नुहुन्थ्यो– ‘गाउँ घरमा छोरी मान्छेलाई पढाउनुहुँदैन भन्छन् त्यसैले त म यहाँ छु तर म तिमीहरुलाई ठूलो मान्छे बनाउँछु राम्रोसँग पढ है ।’
मेरी दिदी ७ कक्षामा पढ्थी र म ६ कक्षामा पढ्थेँ । आज पनि त्यस्तै मेरो बुवा रक्सी खाएर आउनुभएको थियो । दिदी र म डराएर बसिरहेका थियौँ । ‘ओइ, खाना ले । घरको सबै मान्छे मरे कि क्या हो ? बुबाले हप्काउँदै भन्नुभयो ।’ आमा हत्तनपत्त उठेर– ‘के भयो चुपलाग छोरीहरु सुतिरहेका छन् । घरमा यसरी सधैँ रक्सी खाएर कराउनु राम्रो होइन । भोलि कोहीसँग पोइला गए भने नाक काट्ने छन् ।’ आमाले रुँदै भन्नुभयो । ‘म आफ्नो छोरीमाथि विश्वास गर्छु । तलाई भयो होला मेरो छोरीहरु बोझ तर मलाई भएको छैन ।’ म मेरी छोरीहरुलाई विद्वान बनाउँछु । दिदी र मैले सधैँ यसरी नै सुनिरहेका हुन्थ्यौँ सुत्दा कहिल्यै निन्द्राको पत्तै लाग्दैनथ्यो ।
भोलि बिहान हामी ७ बजे उठ्यौँ दिदी अझैँ सुतिरहनुभएको रहेछ । दिदी उठ्न अबेला भइसक्यो । दिदी आँखा मिच्दै भन्नुभयो– के भयो, आमा त उठ्नु भएको छैन तेरो आँखा छिट्टै खुल्यो होला सुत । मैले दिदीलाई भने– हैन दिदी घाम उदाईसक्यो भन्या । मैले दिदीलाई आतिँदै भनेँ– ‘दिदी आमालाई त केही भएको छैन ?’ त्यसपछि हामी आमाबाट गयौँ । हेर्दा आमालाई हिजो बुवाले धेरै नै पिट्नु भएछ ।
आमा बिस्तारै बोल्नुभयो – अब तिमीहरु यहाँबाट जाओ । अब म कहिल्यै मर्छु थाहा छैन । मर्ने दिन नजिकै छ जस्तो छ ।
दिदीले र मैले एकै स्वरमा भन्यौँ– आमा यस्तो नभन्नुस् न । आमाले भन्नुभयो अब तिमीहरु अर्कै ठाउँमा जाओ । म मरेपछि तिमीहरुले नै त्यो जडियालाई पाल्नुपर्छ । त्यसैले त्यसको सेवा गर्नुभन्दा जाओ बरु तिमीहरु अर्कै ठाउँमा । म पनि तिमीहरुसँग जाने विचार गरेको छु । मेरो हालत यस्तो छ । तिमीहरु मात्र भए तापनि जाओ यो गाउँ फर्केर कहिल्यै नआओ । तिमीहरु मलाई सम्झेर पनि नआओ । त्यहाँ दराज छ खोल त । आमाले भन्नुभयो । मैले त्यो दराज खोलेँ । आमाले हातले इसारा गर्दै भन्नुभयो । उता हेर्न एउटा सेतो पोटी छ त्यो खोल त । मैले त्यो सेतो पोटीलाई खोलेँ । त्यहाँ हजारको नोट थियो । तिमीहरु त्यो लिएर जाओ मैले तिमीहरुको बुवाबाट बचाए राखिरहेको थिएँ । ल, अब तिमीहरु लिएर जाओ ।
त्यसपछि दिदी र मैले पोशाकहरु बोकेर हिँड्यौँ । मैले जाने बेला आमालाई भनेँ– आमा आफ्नो स्वास्थ्यलाई हेरचाह गर्नु है । दिदी र म बाटो भरि रुँदै गयौँ । दिदीले भन्नुभयो– मलाई यो कुराले धेरै चिन्तित बनाइरहेको छ । मैले दिदीलाई आतिँदै भने के कुरा दिदी । यही कुरा नि हामी गएपछि बुवाले आमालाई के गर्नुहुन्छ होला भनेर ? हामी हिँड्दै गर्दा एउटा रुख देख्याँै । हामी त्यो रुखको छायामा गयौँ । हामीले काम पाउने भनेकै सहरमा मात्र हो । त्यसैले अब हामी सहरमा गएर बस्नुपर्छ । यहाँबाट सहर आदि घण्टा मात्र लाग्छ अब जाऔँ । हामी हिँड्दै गयौँ र सहर पुग्यौँ ।
सहरमा धेरै पसलहरु रहेछन् । मानिसहरु सबै धनी देखिरहेका थिए । त्यसपछि हामीले कोठा खोज्ने निर्णय ग¥यौँ । हामीले एउटा झुप्रो घर देख्याँै । त्यो घरमा एउटा बुढी आमा बस्नु हुँदो रहेछ । हामीले त्यो बुढी आमालाई भन्यौँ – आमा यहाँ कोठा खाली छ ? त्यी बुढी आमाले हामीलाई भन्नुभयो– छ किन तिमीहरु कहाँबाट आएका ? पहिला तिमीहरु आफ्नो परिचय देऊ । त्यसपछि मैले हाम्रो बारेमा सबैकुरा भनेँ । त्यी बुढी आमालाई हामी माथि दया आएर होला हामीलाई दाउरा, खाना पकाउने भाडा पनि दिनुभयो ।
ल अब मैले दिन सक्ने दिइसकेँ । अब इमान्दार भएर बस्नु, बुढी आमाले भन्नुभयो ।
मलाई दिदीले भन्नुभयो– अब त पढेर ठूलो मान्छे बन्नुपर्छ र मैले धेरै मिहिनेत गर्नुपर्छ । दिदी म पनि काम गर्छु । तपाईलाई पनि दुःख हुन्छ नि त । आमाले के भन्नुहुन्थ्यो थाहा छ ? हामी भोलिपल्ट एउटा विद्यालय गयौँ र मेरो भर्ना भयो । अनि मेरो दिदीले पनि एउटा काम पाउनुभयो । मेरी दिदी अर्काको घरमा काम गर्न थाल्नुभयो । मेरी दिदी निर्मला काकीको घरमा काम गर्न थाल्नुभयो । निर्मला काकीको एउटा छोरा पनि थियो । त्यसपछि म सधैँ विद्यालय जान थालेँ । मेरी दिदीलाई कामका मानिसहरुले हेप्ने गर्थे । म पनि शनिबारको दिनमा दिदीलाई सधाउन जान्थेँ । आफूसँग पैसा नहुँदा सबैले हेप्दा रहेछन् भनेर स्पष्ट थियो । हामीलाई खाना नपाएको भिकारी जस्तो व्यवहार गर्ने गर्थे ।
एकदिन शनिबारको दिनमा म दिदीसँग काम गर्न गएको थिएँ । म दिदीलाई काममा सहयोग गरिराथेँ । निर्मला काकीको छोराले मलाई जिस्काउन थाल्यो । म रुँदै दिदीबाट गएँ । मैले दिदीलाई भने– दिदी हामी यहाँबाट जाऔँ, बस्नु हुँदैन यहाँ । यस्तो काम हजारौँ पाइन्छ । चुपलाग विना बच्चा भएर बढी बोल्ने होइन । हामीले पैसा पाइराछौँ । राम्री बस्न पाइराका छौँ । पृथ्वी गोलो छ सबैको पालो आउँछ । यसैगरी हाम्रो ४ वर्ष बित्यो । म पनि १० कक्षामा पढ्ने भएँ । दिदी हजुरलाई आमाको याद आएको छैन मैले दिदीलाई प्रश्न गरेँ । याद आउँछ नि तर आमाको कुरा याद छ नि । नआइजो भन्नुभएको छ । एकदिन विद्यालयमा बसिरहेको थिएँ । मेरो साथी अञ्जली रिसाउँदै आइरहेकी थिई । मैले भने– के भयो ? उसले रिसाउँदै भनी– घरमा आमाले जहिल्यै किच किच मात्र गर्छिन् कहिले त घरबाट निस्केर जा जस्तो पनि हुन्छ ।
मैले मनमनै सोचेँ । अरुलाई आमा बोझ भइरहेको छ तर मलाई रिसाएको भएपनि सुन्छु । अब म गाउँ जान्छु । म घर गएँ र दिदीलाई भने दिदी गाउँ जाऔँ न । अब हामी बच्चा होइन । तँ बढी न हो है, मैले भनेको कुरा मान्ने खुरुक्क । यहाँ भात खान आइजो त । मैले विद्यालयमा राम्ररी पढेकाले मलाई छात्रवृति पाउँथेँ । मैले एसएलसी परीक्षामा जिल्ला टप गरेकी थिई । बिस्तारै हामीले घर पनि किन्यौँ । अहिल्यै म राष्ट्रिय ब्याडमा काम गर्छु । पुराना दिनहरु सम्झिँदा आँखाभरि अझैँ आशु आउँछ । अहिल्यै हामीसँग सबै छ त्यै पनि पुरानो घाउ र चोटले अपूरा बनाइदिन्छ । मेरी दिदीलाई काम गर्न जाँदा मानिसहरुले नराम्रो नजरले हेर्थे । कहिल्यै त आत्तिदै आउनुहुन्थयो । यो संसारमा नारीलाई सबैभन्दा कमजोर सम्झन्छ तर नारीले पनि पुरुषले जस्तो काम गर्न सक्छ, उनीहरुले पनि घर धान्न सक्छ । त्यसैले पुरुषले मात्र बाहिरको काम गर्ने होइन । महिलाले पनि गर्न सक्छ भन्ने राम्रो उदाहरण दिन सक्नुभएको छ । अहिल्यै मेरी दिदी राम्रो केटासँग विवाह गरेर बसिरहनु भएको छ । म दिदीलाई आज हृदयबाट धेरै धन्यवाद दिन चाहान्छु ।