हेटौंडाः हेटौंडा–४, कर्रास्थित आइसोलेसन वार्डबाट आज ९२ जनाको स्वाबको नमूना सङ्कलन गरिएको छ । ९२ जनामध्ये ३७ जना कोरोना सङ्क्रमितकोे पुनः परीक्षण गर्न स्वाबको नमूना सङ्कलन गरिएको हो ।

१९ जना हेटौंडा–६ को गौरिटार आइसोलेसनका र २८ जना घरकै आइसोलेसनमा बसेकाहरुको आज स्वाबको नमूना सङ्कलन गरिएको हो ।

उनीहरुको स्वाबको नमूना हेटौंडा–१०, स्थित प्रादेशिक कोरोना प्रयोगशालामा परीक्षण गर्न पठाइएको कर्रास्थित आइसोलेसन वार्डका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले बताउनुभयो ।