हेटौँडाः हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१२ को वडा अध्यक्ष पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मनोनयन दर्ता गरेको छ । वडामै स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा आइतबार बिहान अध्यक्ष पदका लागि राप्रपाका प्रेम बहादुर भ्लोनले मनोनयन दर्ता गराउनुभएको हो । उपनिर्वाचन यही मंसिर १६ गते हुँदैछ ।
भ्लोनभन्दा अघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का आशावीर बलले मनोनयन दर्ता गराउनुभएको थियो । संघीय संसदको पूर्वाधार विकास समितिका सभापति दीपक बहादुर सिंहको उपस्थितिमा भ्लोनले मनोनयन दर्ता गर्नुभएको हो । उहाँले तिलक बहादुर जर्गाको प्रस्ताव र हिरामणि चौलागाईंको समर्थनमा मनोनयन दर्ता गर्नुभएको हो । हेटौंडा–१२ मा २०७९ को स्थानीय तह निर्वाचनमा राप्रपाबाट उम्मेदवार बन्नुभएका सरन सिं थिङले १८३ मत पाउनुभएको थियो ।