हेटौंडाः हेटौंडा–४, कर्रा स्थित आइसोलेसन वार्डमा आज शुक्रबार ६ जना रहेका छन् । मनहरी गाउँपालिकाको २ जना, हेटौंडाका ३ जना र बागमती गाउँपालिकाका १ जना गरी कुल ६ जना रहेको आइसोलेसन वार्डका इन्चार्ज भोला चौलागाईले बताउनुभयो । उनीहरु मध्ये ४ जना साउदीबाट, १ जना बहराइन र १ जना विरगञ्जबाट आएका नागरिक हुन् ।
आज आइसोलेसन बार्डबाट १२ जनाको कोरोना परिक्षण गर्न स्वाबको नमूना संकलन गरिएको छ । ९ जनाको होम क्वारेन्टाइनबाट, प्रहरी, सेना र स्वास्थ्यकर्मी १/१ जनाको आइसोलेसन वार्डबाटै स्वाब संकलन भएको इन्चार्ज चौलगाईले जानकारी दिनुभयो ।