हेटौंडाः मकवानपुर जिल्लामा सुनको भाउ तोलाको झण्डै १ लाख पुगेको छ । आज मकवानपुरमा सुनको भाउ प्रतितोला ९९ हजार ८ सय रुपैयाँ तोकिएको छ । आजका लागि मकवानपुर जिल्लामा छापावाल सुनको मुल्य तोलामा ९९ हजार ८ सय रुपैया र तेजावी सुनको भाउ ९९ हजार ६ सय रुपैयाँ तोकिएको मकवानपुर सुनचाँदी व्यावसायी संघका अध्यक्ष केशव रसाइलीले जानकारी दिनुभयो ।

आज काठमाडौंमा सुनको भाउ अघिल्लो दिनको भन्दा तोलामा तीन सय रुपैयाँले बृद्धि भएको छ । काठमाडौंमा कारोबार हुने सुनको मुल्य भन्दा मकवानपुर जिल्लामा तोलामा सुनको भाउ ५ सय रुपैयाँले फरक पर्ने अध्यक्ष रसाइलीले बताउनुभयो । काठमाडौंमा सुनको भाउ ९९ हजार तीन सय रुपैयाँ प्रतितोला पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आजका लागि तेजावी सुनको कारोबार मूल्य ९८ हजार ८६५ रुपैयाँ कारोबार मूल्य तोकिएको नेपाल सुनचाँदी महासंघ केन्द्रले जनाएको छ । काठमाडौंमा चाँदी प्रतितोला कारोबार मूल्य १२ सय रुपैयाँ हुँदा मकवानपुरमा चाँदी प्रतितोला १ हजार २ सय २० रुपैयाँ पुगेको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!