तरकारी बजारमा विक्रीका लागि राखिएको तरकारी ।

हेटौँडाः हेटौँडास्थित थोक तरकारी बजारमा आइतबार सबैभन्दा सस्तो तरकारीको रुपमा रायोको साग रहेको छ । आइतबार थोक बजारमा रायोको साग प्रतिमुठा २० रुपैयाँमा बिक्री भएको छ भने हरियो लसुनको साग प्रतिकिलो २०० रुपैयाँ रहेको हेटौँडा–१ स्थित थोक तरकारी बजारको परिजात फलफूल तथा तरकारी सप्लायर्सका प्रोप्राइटर बद्रि घिमिरेले जानकारी दिनुभयो ।

आइतबार प्रतिकेजी केराउकोसाको एक सय ७० रुपैयाँ, काउली १०० रुपैयाँ, बन्दा ४० रुपैयाँ, गोलभेँडा १०० रुपैयाँ, घिउसिमी ९० रुपैयाँ, घरसिमी १०० रुपैयाँ, तितेकरेला ९५ रुपैयाँ, मुला ४० रुपैयाँ, कार्डिनल आलु ६७ र रातो डल्लो आलु ६४ रुपैयाँमा बिक्री भएको छ । यस्तै प्रतिकेजी लौका ६० रुपैयाँ, खुर्सानी ६० रुपैयाँ, धनियाँ १०० रुपैयाँ, हरियो प्याज साग ८० रुपैयाँ प्रतिकेजी विक्री भएको छ ।

यस्तै राज्मा सिमी १०० रुपैयाँ, लौका ६५ रुपैयाँ, फर्सी ५५ रुपैयाँ, गाँजर १२० रुपैयाँ, मकै बोडी ७० रुपैयाँ, बरेला ४५ रुपैयाँ, कागती २२० रुपैयाँ, काक्रो ८० रुपैयाँ, पर्वल ९० रुपैयाँ र भन्टा ५० रुपैयाँ किलो बिक्री भएको घिमिरेले बताउनुभयो । पछिल्लो समय तरकारीको माग घटेको र उत्पादन बढेसँगै तरकारीको मूल्य सामान्य घट्दै गएको छ ।