हेटौँडाः कानून व्यवसायीको रुपमा १० वर्ष भन्दा कम अवधि अभ्यासमा रहेका कानून व्यवसायीका लागि आयोजित तालिम सम्पन्न भएको छ । शनिबार एक समारोहका बीच वाणिज्य कानूनसम्बन्धी तालिम समापन गरिएको हो ।
नेपाल बार काउन्सिल अन्तर्गत लयर्स एकेडेमीको आयोजनामा तालिम भएको हो । तालिममा ४० जना कानून व्यवसायीको सहभागिता रहेको थियो । नेपाल बार काउन्सिलका अध्यक्ष गोपालकृष्ण घिमिरेको अध्यक्षता तथा महान्यायाधीवक्ता रमेश बडालको प्रमुख आतिथ्यमा तालिमको समापन भएको हो । विभिन्न २१ वटा शीर्षकमा ४२ घण्टाको तालिम आयोजना गरिएको थियो । तालिममा सहभागी कानून व्यवसायीलाई प्रमाणपत्र वितरण गरिएको छ ।