हेटौँडाः चितवन जिल्लाको राप्ती नगरपालिका–५, खहरे पुलमा बसले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । शनिबार राती ८ बजेको समयमा पूर्व–पश्चिम राजमार्गमा काँकडभिट्टाबाट चितवनतर्फ जाँदै गरेको प्र १ ०१–००१ ख ४१३८ नम्बरको बसले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
बसको ठक्करबाट राप्ती नगरपालिका–६ का ६२ वर्षीय मनुराम महतोको मृत्यु भएको हो । बसको ठक्करबाट गम्भीर घाईते भएका महतोलाई उपचारका लागि भरतपुर अस्पताल लगिएकोमा शनिबार राती ९ बजेर १५ मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । बस र बस चालक झापा शिवसतासी गाउँपालिका–६ का ४८ वर्षीय देवेन्द्र थापा र बसलाई ईलाका प्रहरी कार्यालय खैरहनीले नियन्त्रणमा लिएको छ ।