जिल्लास्तरीय स्नुकर प्रतियोगिता जानकारी गराउँदै आयोजक ।

हेटौंडाः हेटौंडामा प्रथम संस्करणको जिल्लास्तरीय मेयरकप स्नुकर प्रतियोगिता हुने भएको छ । बुद्ध स्नुकर हाउस र एसवान स्नुकर क्लबको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको सहयोगमा प्रतियोगिता हुने भएको हो ।

मंगलबार हेटौँडामा पत्रकार सम्मेलन गर्दै दि रिभाइबल युथ क्लबका अध्यक्ष चन्द्र शाहीले यही कात्तिक १० गतेदेखि १३ गतेसम्म प्रतियोगिता हुने जानकारी दिनुभएको छ । प्रतियोगितामा मकवानपुर जिल्लाका स्नुकर खेलाडीहरुले सहभागिता जनाउन पाउने शाहीले बताउनुभयो । बाहिरी जिल्लाले आयोजना गरेको प्रतियोगितामा सहभागी भएर उपाधि जितेको र राष्ट्रियस्तरको च्याम्पियनले प्रतियोगितामा सहभागी भएका खेलाडीले सहभागी हुन नपाउने शाहीले जानकारी दिनुभयो । नकआउट प्रणालीमा सञ्चालन हुने प्रतियोगिता हेटौंडा–४ स्थित बुद्ध स्नुकर हाउस र हेटौंडा–१० स्थित एसवान स्नुकर हाउसमा सञ्चालन हुनेछ ।

प्रतियोगिताको प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेहरुलाई क्रमशः ६० हजार रुपैयाँ, ३० हजार रुपैयाँ, ६÷६ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । हाइ स्कोर ब्रेकर र राइजिङ प्लेयरलाई ५÷५ हजार रुपैयाँ नगद प्रदान गरिनेछ ।

पत्रकार सम्मेलनमा एस-वान स्नुकर क्लबका सञ्चालक सुनिल खड्गी, बिक्रम शाही र बुद्ध स्नोकर हाउसकी सञ्चालक सञ्जु लामाको उपस्थिति रहेको थियो ।