हेटौंडाः संविधानको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले हेटौंडामा प्रदर्शन तथा मसाल जुलुस गरेको छ । बुधबार संविधान दिवसको दिन हेटौंडामा राप्रपा नेपाल मकवानपुरको आयोजनामा विरोध प्रदर्शन तथा मसाल जुलुुस भएको हो ।
राप्रपा नेपालको पार्टी कार्यालयबाट सीमाचोकसम्म संघीयता, धर्मनिरपेक्षता, गणतन्त्रविरुद्ध ¥याली गरी बिरोध प्रदर्शन गरेको थियो । ¥यालीमा, राप्रपा नेपाल जिन्दावाद, हिन्दू राष्ट्र कायम गर, संघीयता खारेज गर, गणतन्त्र खारेज गर, धर्मनिरपेक्षता खारेज गर, हाम्रो भाषा हाम्रो भेष प्राणभन्दा प्यारो छ, प्रहरी दमन मूर्दावाद, भ्रष्ट व्यवस्था अन्त्य गर भन्दै नाराबाजी गरिएको थियो ।
राप्रपा नेपाल मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटाको नेतृत्वमा कार्यक्रममा भएको थियो । प्रहरीले कार्यक्रममा हस्तक्षेप गरी मसाल नियन्त्रणमा लिई चार जना प्रदर्शनकारीलाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरुलाई प्रहरीले केहीबेरमै रिहा गरेको थियो । विरोध प्रदर्शनमा वीर गोर्खाली समूह मकवानपुर संयोजक वीरेन्द्र श्रेष्ठको समूहले एक्येवद्धता जनाएको थियो । ¥याली सीमाचोकमा गएर कोणसभामा परिणत भएको थियो ।
राप्रपा नेपाल मकवानपुर अध्यक्ष सापकोटाले आफूहरुले संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रको विरोधस्वरुप कार्यक्रम गरेको बताउनुभयो । कार्यक्रममा प्रहरीबाट ज्यादती भएको भन्दै सापकोटाले आपत्ति जनाउँदै शान्तिपूर्ण मसाल जुलुस कार्यक्रममा प्रहरीले धरपकड गरेकोमा भत्र्सना गर्नुभयो ।