हेटौँडाः हेटौँडा–८ स्थित कालिका टोल विकास आमा समुहले पुरुषोत्तम मास तथा साउन १५ खीर खाने दिनको अवसरमा ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । आइतबार स्थानीय राधाकृष्ण मन्दिरको सभाहलमा एक कार्यक्रमको आयोजना गर्दै ५० जना ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गरेको हो ।
७० वर्षदेखि ८५ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई सम्मानित गरिएको छ । यस्तै ज्येष्ठ नागरिकलाई खीर समेत खुवाइएको कालिका टोल विकास आमा समूहकी सदस्य अर्चना कार्कीले जानकारी दिनुभयो । आमा समूहकी अध्यक्ष सजिता केसीको सभाध्यक्ष तथा हेटौँडा–८ का वडाध्यक्ष रामकृष्ण थापाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । वडाध्यक्ष थापाले मन्तव्य राख्नुहुँदै ज्येष्ठ नागरिकको हितका लागि गरिएको उक्त सम्मान अनुकरणीय रहेको बताउनुभयो । जसलाई निरन्तरता दिन वडाले सहयोग गरिने प्रतिवद्धता जनाउनुभयो ।