हेटौँडाः धादिङ जिल्लाको थाक्रे नगरपालिका–२, समानटारबाट लागुऔषधसहित मकवानपुरकी एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–७ की ३० वर्षीया शर्मिला मगर रहेको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
शनिबार प्रहरी टोलीले महादेववेशीबाट आग्रापुरीया मकवानपुर जाँदै गरेको ना ५ ख ६५९० नम्बरको बसको सुरक्षाजाँच गर्दा मगरको साथबाट २ किलो लागुऔषध गाँजाको धुलो बरामद गरेको हो । लागुऔषधसहित मगरलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।